२०८३ बैशाख २४ गते , विहीबार

सामाजिक अभियन्ता भुइँमाली दम्पतीद्वारा ब्रेन ट्युमर पीडित परिवारलाई ५१ हजार हस्तान्तरण

sajilo news
झापा
२०७९ श्रावण १५ गते , आईतबार
सामाजिक अभियन्ता भुइँमाली दम्पतीद्वारा ब्रेन ट्युमर पीडित परिवारलाई ५१ हजार हस्तान्तरण

सामाजिक अभियन्ताको रुपमा उदायका भद्रपुर– ६ निवासी सञ्जय भुइँमाली र उनका श्रीमती भावना कटुवाल (सिर्जना) अहिले निरन्तर जटिल रोगबाट ग्रसित बिरामीहरूको उपचारका लागि आर्थिक सहयोग जुटाउन लागि परेका छन् ।  अभियन्ता भुइँमाली दम्पतीले सामाजिक सञ्जाल टिकटक, फेसबुक तथा विभिन्न सहयोगी दाताहरूबाट आर्थिक सङ्कलन गरी मिृगौला, क्यान्सर, ब्रेन ट्युमर जस्ता प्राणघातक रोगबाट लडिरहेका बालबालिकाहरूको परिवारजनलाई उपचार खर्च प्रदान गरिरहेका छन् । 
यसै क्रममा ब्रेन ट्युमर पीडित गीता तामाङ बचाउ अभियानमा जुटेका भुइँमाली दम्पतीले उनका परिवारजनलाई नगद ५१ हजार रुपैयाँ हस्तान्तर गरेको छ । 
भुइँमाली दम्पतीले भद्रपुर नगरपालिकामा आइतबार दिउँसो एक संक्षिप्त कार्यक्रमको आयोजना गरी गीताकी दाजु कुमार तामाङलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो रकम नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्रदान गरेका थिए । 
भद्रपुर नगरपालिका ८ सुकुम्वासी टोल निवासी ३३ वर्षीया तामाङको हाल बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । 
गीताको रकम अभावले उपचार गर्न समस्या भएपछि पीडित पक्षले हामी कहाँ आएको र हामीले सङ्कलन गरेको रकमबाट ५१ हजार दिएको अभियन्ता सञ्जयले बताए । सो रकम हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका खडग सुब्बा लगायत जनप्रतिनिधि, कर्मचारीहरूको उपस्थिति रहेको थियो । यसअघि पनि भुइँमाली दम्पतीले मिर्गौला पीडित भद्रपुर नगरपालिका– ९ निवासी १३ वर्षीय नवीन श्रेष्ठका परिवारलाई १ लाख ३० हजार ५२५ रुपैयाँ हस्तान्तरण गरिसकेको छ । साथै अन्य बालबालिकाहरूको उपचारका लागि पनि निरन्तर आर्थिक सहयोग गरिरहेका छन् । 

सम्बन्धित समाचार