२०८३ बैशाख २४ गते , विहीबार

थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

sajilo news
झापा
२०७९ श्रावण १४ गते , शनिबार
थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६९९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९२ तथा एन्टिजेन विधिबाट १४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २ जनाको मृत्यु पनि भएको छ ।

नेपालमा कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनको सङ्ख्या ११ हजार ९६६ पुगेको छ । त्यस्तै, २७७ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या बढेर ४ हजार ३६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित समाचार