२०८१ आश्विन १७ गते , विहीबार

कचनकवलमा ३ किशोरी मृत्यु प्रकरण : सत्यतथ्य छानबिनको लागि डीएसपीको नेतृत्वमा टोली खटाइयो

sajilo news
पार्थ मण्डल
२०७९ श्रावण १२ गते , विहीबार
कचनकवलमा ३ किशोरी मृत्यु प्रकरण : सत्यतथ्य छानबिनको लागि डीएसपीको नेतृत्वमा टोली खटाइयो

झापा । एउटै रुखमा तीन किशोरी झुन्डिएको घटनाको बारेमा सत्य तथ्य छानबिनका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले डीएसपीको नेतृत्वमा थप अनुसन्धान टोली खटाएको छ ।
प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज ढुंगानाको नेतृत्वमा पाँच सदस्य अनुसन्धान टोली गठन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता नविन राज राईले जानकारी दिए । सो टोलीमा प्रदेश प्रहरी कार्यालयसहित नेपाल प्रदेश प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी कर्मचारी रहेका छन् । डीएसपी ढुंगानासहितको टोली बुधवार नै घटनास्थलतर्फ खटाइसकेको एसपी राईले बताए । 
प्रहरी कार्यालय झापाले पनि सो घटनाको विषयमा अनुसन्धान गरिरहेको बताउँदै एसपी राईले भने, झापा प्रहरीलाई थप सपोर्टका लागि प्रदेशबाटै अनुसन्धानका लागि टोली खटाएको हो । ‘सो टोलीले घटनास्थलसहित मृतकका परिवारजन र छरछिमेकसँग घटनाको विषयमा सुस्म तरिकाले अनुसन्धान गर्छन्’ उनले भने, ‘केही दिनका लागि टोली त्यही खट्छन्, सीमा नाकासँग जोडिएकोले घटनाको विषयमा भारतीय काउन्टर पार्टससँग पनि समन्वय गर्छन् ।’

यता प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पोस्टमार्टमको रिपोर्ट अझै आई नपुगेको बताए । मृतक किशोरीसँग फेला परेको दुई वटा मोबाइल फोन फोरेन्सिक टेस्टका लागि काठमाडौँ पठाइसकेको बताउँदै, ‘डीएसपी पाठकले भने, दुवै फोन स्क्रिन टच हो, दुई वटामै भारतीय सिम कार्ड छ ।’ 
गत साउन ८ गते आइतबार बिहान साढे ७ बजे कचनकवल गाउँपालिका–५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारमा रहेको बयरको रुखमा सोही ठाउँका पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १७ वर्षीय छोरी कल्पना कुमारी झुन्डिएको अवस्थामा मृत फेला परेको थियो । एउटै रुखमा अलग–अलग परिवारका तीन जना किशोरी एकै पटक कसरी झुन्डिएर आत्महत्या ग¥यो भन्दै सबै आश्चर्य चकित छन् । घटना आत्महत्या, आत्महत्या दुरुत्साहन वा हत्या भन्ने निष्कर्षमा प्रहरी अझै पुगेको छैन ।  


 

सम्बन्धित समाचार