२०८३ बैशाख २४ गते , विहीबार

ओम साई अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता

sajilo news
झापा
२०७९ श्रावण २ गते , सोमबार
ओम साई अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता

झापा । पूर्वका ठुला निजी अस्पतालहरूले धमाधम स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिरहेको अवस्थामा भद्रपुरस्थित ओम साइ पाथीभरा अस्पतालले भने सो कार्यक्रमलाई निरन्तरता दिएको छ ।  अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम नरोकिएको बताएका हुन् । साउन १ गतेदेखि पनि अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम यथावत् सञ्चालन भइरहेको प्रबन्ध निर्देशक पोखरेलले बताए । 

‘स्वास्थ्य बीमा बोर्डले ओम साइ पाथीभरा अस्पतालसँग ५ वर्षको स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता गरेको छ,' प्रबन्ध निर्देशक पोखरेलले भने, '२ वर्ष मात्र पुगेको छ, सम्झौता भङ्ग गर्ने भन्ने अहिलेसम्म कुनै आधिकारिक पत्र अस्पतालमा आई पुगेको छैन ।’ त्यसैले स्वास्थ्य बीमा बन्द नहुने उनले प्रस्टाएका छन् । 
सरकारले बजेट भाषणमा निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालित बीमाको उपचार सेवा रोक्ने भनेको थियो । स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिकबाट मात्र गरिने सरकारको योजना छ । कतिपय निजी अस्पताल तथा मेडिकल कलेजमा सो सेवा बन्द गरिसकेका छन् ।  झापा दक्षिणी भेगका स्थानीयहरू स्वास्थ्य बीमाबाट उपचार गराउन अस्पताल आउने गरेको पोखरेलको भनाई छ । 

सम्बन्धित समाचार