२०८३ बैशाख १९ गते , शनिबार

सुनका गहना र नगद चोरी गर्ने एक जना पक्राउ

sajilo news
मोरङ
२०७९ श्रावण २ गते , सोमबार
सुनका गहना र नगद चोरी गर्ने एक जना पक्राउ

मोरङमा गरगहना र नगद चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- १३ का १८ वर्षीय विवेक कामत रहेका छन् । 

विराटनगर ८ मधुमाराका राजेश साहको घरबाट गत असार २९ गते राती सुनका विभिन्न गरगहना र नगद ४६ हजार चोरी भएको थियो । घरमा चोरी भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कामतलाई चोरीका सामान र नगद सहित पक्राउ गरेको हो । पक्राउ परेका कामतलाई मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । 

सम्बन्धित समाचार