२०८३ बैशाख २४ गते , विहीबार
भद्रपुरका तीन जनामा कोरोना संक्रमण
भद्रपुर । भद्रपुरमा फेरि कोरोना संक्रमण देखिन थालेको छ । शून्यमा झरेको कोरोना संक्रमण फेरि देखिन थालेपछि नगरबासीले सतर्कता अपनाउनु पर्ने बेला आएको छ ।
मेची अस्पताल भद्रपुरबाट प्राप्त रिपोर्ट अनुसार शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुने वडा ९ का एक जना, वडा ८ का १ जना र वडा नखुलेका एक जना रहेको जनाइएको छ । यो सँगै भद्रपुरमा कोरोनाका ४ जना सक्रिय बिरामी रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।