२०८३ बैशाख १९ गते , शनिबार
मेची पुलबाट फेरि दुई जना ब्राउन सुगरसहित पक्राउ
ब्राउन सुगरसहित मेची पुलबाट फेरि दुईजना पक्राउ परेका छन् । मेचीनगर ६ स्थित मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो ४ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर १० बस्ने ३१ वर्षीय प्रदीप आले मगर र मेचीनगर ८ बस्ने २० वर्षीय प्रसन्न राजवंशीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट १३ ग्राम ब्राउन सुगर बरामद भएको थियो । दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।