२०८३ बैशाख १९ गते , शनिबार
युवतीलाई होटेलमा लगेर जबरजस्ती बलात्कार गरेको आरोपमा वडाअध्यक्ष पक्राउ
जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना वडाअध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा शहिदभूमी गाउँपालिका ५ घर भई सोही वडाका वडा अध्यक्ष समेत रहेका ३१ वर्षीय सन्तोष राई रहेका छन् ।
राईले गत असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका २ मा रहेको ताप्लेजुङ होटेल एन्ड लजमा लगी २३ वर्षीया युवतीलाई रातको समयमा धाकधम्की दिई जबरजस्ती करणी गरेका थिए । पीडित युवतीले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएपछि उनलाई असार २५ गते पक्राउ गरिएको हो ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय वसन्तपुरले जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।