बिर्तामोडका २० महिने बालकलाई ब्लड क्यान्सर, सहयोगको लागि अपिल
झापाको बिर्तामोडका एक बालकलाई आर्थिक अभावका कारण ब्लड क्यान्सरको उपचारमा समस्या भएको छ । बिर्तामोड ३ स्थित मेघाबारीटोलका २० महिनाका बालक युसेफ भट्टराईलाई ब्लड क्यान्सर भएको हो ।
करिब १ महिना देखि बिरामी भएका बालकको भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा महँगो खर्चमा उपचार भइरहेको छ । दिल्ली स्थित राजीव गान्धी अस्पतालको बेडमा ब्लड क्यान्सर रोगसँग लडिरहेका उनी गत महिना एक्कासि बिरामी भएको उनका बुबा रामप्रसाद भट्टराईले बताए ।
उपचारका लागि अस्पताल लैजाँदा ब्लड क्यान्सर भएको पत्ता लाग्यो । छोरा बिरामी भएपछि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका रामप्रसादले आफू नेपाल फर्किएको बताए । उपचारमा हाल सम्म ५ लाख भारतीय रुपैंया खर्च भइसकेको छ । चिकित्सकले बताए अनुसार पूर्ण रूपले सन्चो गर्दा सम्म उपचार खर्च ३० लाख भारतीय रुपैंया लाग्ने बालकका बुबा रामप्रसादको भनाई छ ।
‘कसरी औषधि उपचार खर्च जुटाउने आफूसँग भएको पैसा सकियो मोटो रकम कसरी जुटाउने भन्ने चिन्ता छ उनी भन्छन्, छोराको जीवन रक्षाको लागी दाताहरूलाई अनुरोध गर्ने बाहेक अन्य विकल्प आफूसँग छैन ।’
यति मोटो रकम आफूसँग नभएकोले छोराको जीवन रक्षाको लागी सवैमा अनुरोध गरेको बुवा रामप्रसादले बताए । उनका अनुसार सहयोग गर्ने दाता, संघ, संस्थाले रामप्रसाद भट्टराईको नाममा बिर्तामोड शाखामा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्कको खाता नम्बर ०१८०५०८०२५१९६९ मा सकेको सहयोग गरिदिन भट्टराईले अनुरोध गरेका छन् ।