२०८३ बैशाख १९ गते , शनिबार

भद्रपुर बजारमा फेरि चोरी, चोरले पसल फुटाएर मोबाइल लगे

sajilo news
झापा
२०७९ असार २५ गते , शनिबार
भद्रपुर बजारमा फेरि चोरी, चोरले पसल फुटाएर मोबाइल लगे

भद्रपुरमा बजारमा फेरि चोरीका घटना बढ्न थालेको छ । घटनामा संलग्न व्यक्ति अझै पक्राउ पर्न नसक्दा चोरीका घटना बढेको हो । यसै क्रममा गएराति भद्रपुर नगरपालिका- ६ स्थित प्रियङ्का मोबाइल पसलमा सटरको ताला फुटाएर चोरी भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

राज अग्रवालले सञ्चालन गरेको सो पसलबाट २९ वटा मोबाइल र नगद ६१ हजार ५ सय रुपैयाँ चोरी भएको अग्रवालले प्रहरीलाई जानकारी गराएको छ । २९ वटा मोबाइलको मुल्य करिब ५ लाख रुपैयाँ रहेको बताइएको छ ।

घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको वडा प्रहरीका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकीले जानकारी दिए । करिब एक महिनाअघि पनि भद्रपुर बजारका केही पसलहरूमा चोरी भएको थियो । बजार क्षेत्रमा लगाइएको सिसी क्यामेरा बिग्रिएर थन्किदा प्रहरीलाई नगरको शान्ति सुरक्षामा थप चुनौती थपिएको छ । 

सम्बन्धित समाचार