२०८३ बैशाख २४ गते , विहीबार

‘नाइरोबी फ्लाइ’ किरा झापामा भेटिएको छैन, सजक रहन स्वास्थ्य कार्यालयको आग्रह

sajilo news
पार्थ मण्डल
२०७९ असार २४ गते , शुक्रबार
‘नाइरोबी फ्लाइ’ किरा झापामा भेटिएको छैन, सजक रहन स्वास्थ्य कार्यालयको आग्रह

झापा । अफ्रिकन मुलुकमा पाइने नाइरोबी फ्लाई  ‘एसिड फ्लाई’ नामक किरा झापा जिल्लामा नभेटिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 
भारत पश्चिम बंगालको दार्जिलिङ जिल्लाका अधिकांश सहर र सिक्किममा समेत नाइरोबी फ्लाई ‘एसिड फ्लाई’ नामक किरा भेटिएपनि सीमावर्ती नाकासँग जोडिएको झापा जिल्लामा अहिलेसम्म सो किरा नभेटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख युवराज घिमिरेले प्रस्टाएका छन् । 
नाइरोबी फ्लाई ‘एसिड फ्लाई’ नामक किराका कारण जिल्लामा बिरामी भेटिन थालेको सञ्चारमाध्यमबाट समाचार बाहिरिएपछि स्वास्थ्य कार्यालय झापा हाइअलटमा रहेको बताउँदै स्वास्थ्य प्रमुख घिमिरेले भने, ‘नाइरोबी फ्लाई किरा अहिलेसम्म जिल्लामा देखा परेको छैन, हामीले १५ वटै पालिकाका स्वास्थ्य शाखालाई त्यस बारे सोधिसक्यौँ, काँकडभिट्टा नाकामा रहेको हेल्थ डेस्कलाई पनि सो किराको बारेमा जानकारी छैन ।’ 
पालिकाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरुले शङ्कास्पद बिरामीलाई किराको बारेमा जिज्ञासा राख्दा उनीहरूले पनि किरा नदेखेको जानकारी स्वास्थ्य कार्यालयलाई गराएको घिमिरेले बताए । 
एकाएक नाइरोबी फ्लाइको टोकाइबाट बिरामी पर्न थालेको खबर फैलिएपछि शुक्रबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकमा सो किराको बारेमा मात्र छलफल मात्र भएको थियो । त्यस्तो कुनै ठोस निर्णय नगरिएको उनले बताए । 
प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल त्यस समितिका अध्यक्ष हुन् । छलफलमा प्रजिअ रिजालले नाइरोबी फ्लाई किरा हालसम्म जिल्ला फेला नपरेको र छिमेकी राष्ट्र भारतमा देखा परेकोले सजक रहन सबैलाई आग्रह गरेका छन् । 
शरीरमा जनै खटिरा जस्तै देखिने डढेको घाउहरू निस्किएको बिरामीहरू स्वास्थ्य चौकी र अस्पतालमा जान थालेका छन् । तर, ती बिरामी नाइरोबी फ्लाइबाटै संक्रमित भएको भनी पुष्टि हुन आधार प्रमाणित नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । नाइरोबी फ्लाइ नामक किराले कसैलाई टोक्दैन । 
सो किरा एसिड जातिका हुन्छ । किराको एसिडले छालालाई छुँदा त्यसको असर सुन्निने, रातो हुने, चिलाउने, घाउ, खटिरा जस्ता निस्किने लक्षण देखिन्छ । किराले असर गरेको ठाउँमा साबुन पानीले मज्जाले पखाल्ने ‘टिन्चर आयोडिन’ औषधी राख्दा विष केही हदसम्म जान्छ । त्यस्तो आतिहाल्नु पर्ने भने केही छैन ।   
 

सम्बन्धित समाचार