२०८३ बैशाख १५ गते , मंगलबार

सेनाले खरिद गरेको भिटामिन-डी थ्री शिशुमा प्रयोग घातक

sajilo news
पत्रपत्रिका
२०७९ असार १९ गते , आईतबार
सेनाले खरिद गरेको भिटामिन-डी थ्री शिशुमा प्रयोग घातक

झापा । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडीु नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ।
नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित हो ।

सेनाले आफ्ना मातहतका अस्पतालबाट हिताधिकारीका लागि औषधि वितरण गर्ने गरेको छ। सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ को सो औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिपरोलको मात्रा ८०० आईयू (इन्टरनेसनल युनिट) प्रति एमएल तोकिएको छ । तर, परीक्षणका क्रममा सो मात्रा ५३ गुणा बढी अर्थात ४२ हजार ७१८ आईयू प्रतियुनिट भेटिएको हो। आजको राजधानी दैनिकमा समाचार छ । तस्बिर सांकेतिक

सम्बन्धित समाचार