२०८२ बैशाख ९ गते , मंगलबार

मुल्य वृद्धिविरुद्ध प्रदर्शन : बिर्तामोडमा प्रहरी र राप्रपा कार्यकर्ताबीच घम्साघम्सी

sajilo news
झापा
२०७९ असार १७ गते , शुक्रबार
मुल्य वृद्धिविरुद्ध प्रदर्शन : बिर्तामोडमा प्रहरी र राप्रपा कार्यकर्ताबीच घम्साघम्सी

राप्रपाको युवक सङ्गठनले बिर्तामोडमा मूल्यवृद्धिको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन गर्दै बिर्तामोड परिक्रमा गरेका उनीहरूले राँके जुलुस निकालेका थिए । राँके जुलुसका क्रममा प्रहरी र राप्रपाका कार्यकर्ताबीच घम्साघम्सी भएको थियो ।

चर्को मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध र्‍याली गरेको युवक सङ्गठनले किसानलाई मल उपलब्ध गराउन माग गरेको छ । मूल्यवृद्धि विरुद्ध नारा लगाउँदै बिर्तामोड परिक्रमा गरेका राप्रपाका नेता कार्यकर्ताले गणतन्त्र र धर्म निरपेक्ष खारेज हुनुपर्ने नारा लगाएका थिए ।

हत्या हिंसा, कुशासन , भ्रष्टाचार र महँगी विरुद्ध आन्दोलन गरिएको राप्रपाको युवक सङ्गठनले जनाएको छ । र्‍यालीपछि मुक्ति चोकमा आयोजित कोणसभामा राप्रपा झापाका अध्यक्ष केशव ओझा, नेतृहरू रञ्जु प्याकुरेल, सविना बजगाईँ लगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार