२०८३ बैशाख २४ गते , विहीबार

१२ औँ तह बढुवामा मेची अस्पतालका डा. बराकोटी र डा. मिश्राको नाम सिफारिस 

sajilo news
झापा
२०७९ असार १४ गते , मंगलबार
१२ औँ तह बढुवामा मेची अस्पतालका डा. बराकोटी र डा. मिश्राको नाम सिफारिस 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको एक प्रमुख विशेषज्ञ (१२ औँ) तहका लागि दुईजनाको नाम सिफारिस गरेको छ। मन्त्रालयको आज बसेको बढुवा समितिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाका लागि एक नम्बरमा डा. टंकप्रसाद बराकोटी र दुई नम्बरमा डा. संगीता मिश्रालाई सिफारिस गरेको हो। एक नम्बरमा सिफारिस भएका डा. बराकोटी हाल १ नम्बर प्रदेशको मेची अस्पतालमा कार्यरत छन् भने डा. मिश्रा हाल मन्त्रालयको समन्वय महाशाखामा कार्यरत छिन् । उनी हाल मन्त्रालयकी प्रवक्ता समेत हुन्।

गत माघमा १२ औँ तहका डा.भीमसिंह तिंकरीले उमेर हदका कारण अवकाश पाएपछि हाल उक्त पद खाली थियो। यही पदको बढुवाका लागि मन्त्रालयले गत ६ चैतमै बढुवाका लागि उम्मेदवारी दिन सूचना निकालेको थियो। उम्मेदवारी परेकामध्ये डा. बराकोटी‚ डा. मिश्रा र डा. विकास देवकोटा छनोट सूचीमा परेका थिए। यी तीनमध्ये डा. बराकोटी र डा. मिश्रा बढुवाको लागि सिफारिस भएका हुन्।

सम्बन्धित समाचार