२०८३ बैशाख १९ गते , शनिबार
बिर्तामोडको चारपानेबाट ब्राउन सुगरसहित एक जना पक्राउ
प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका- ४ निवासी ३१ वर्षीय चन्द्रबहादुर लिम्बू रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनि र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्गलवार साँझ ७ बजे बिर्तामोड स्थित २ चारपानेबाट लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट प्लास्टिकको पोकाभित्र ३४ ग्राम ब्राउन सुगर बरामद गरेको छ । उनलाई झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी कार्यालयले जनाएको छ ।