२०८३ बैशाख १९ गते , शनिबार
झापामा १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ
झापाको कनकाईमा आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन्। पक्राउ पर्नेमा कनकाई नगरपालिकामा–३ सुरुङ्गा बजारका ३७ वर्षीय पुरुष रहेका छन्। इलाका प्रहरी कार्यालय सुरुङ्गाले उनलाई शुक्रबार घरबाटै पक्राउ गरेको हो ।
पीडित बालिकाले दिएको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए।
आफ्नी आमा अर्कैसँग गएपछि ती बालिका बुबा र कान्छी आमासँग बस्दै आएकी थिइन् । बुबाले पटक पटक करणीको प्रयास गरेपछि ती बालिकाले आफ्ना स्कुले साथीहरूसँग इलाका प्रहरी कार्यालय सुरुङ्गा आएर घटनाबारे जानकारी दिएकी थिइन् । ती व्यक्तिमाथि करणी उद्योगमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।