२०८३ बैशाख २४ गते , विहीबार

दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईँको घोषणा

sajilo news
झापा
२०७९ असार ५ गते , आईतबार
दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईँको घोषणा

बीएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् ।

झापाको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज (दुबई)मा स्थापना गर्ने घोषणा गरेका हुन् ।

दुबईको शाही परिवारका सदस्य पर्ने अधिराजकुमार भनिने शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम र प्रसाईंबीच कलेज खोल्ने विषयमा आपसी समझदारी भएको भन्दै कार्यक्रममा सम्झौता पत्र साटासाट गरेका थिए । दुबई सरकारले मेडिकल कलेज खोल्न सहयोग गर्ने समझदारी पत्र साटासाट गरिएको सञ्चालक प्रसाईले दाबी गरेका हुन् ।

अधिराजकुमार मक्तुमले पूर्वाञ्चल क्यान्सर अपतालले ३६ करोडको लागतमा खरिद गरेको क्यान्सर उपचारमा प्रयोग हुने ‘पेट सिटिस्क्यान’ मेसिनको समेत उद्घाटन गरेका थिए । उनी प्रसाईंको निमन्त्रणामै झापा आएका हुन् । 

सम्बन्धित समाचार