२०८३ बैशाख २४ गते , विहीबार

दुबईबाट आएका युवामा मंकिपक्स भाइरस नभएको पुष्टि 

sajilo news
झापा
२०७९ असार ३ गते , शुक्रबार
दुबईबाट आएका युवामा मंकिपक्स भाइरस नभएको पुष्टि 

दुबईबाट आएका युवकमा मंकिपक्स भाइरस नभएको पुष्टि भएको छ। ती युवकको स्वास्थ्य परीक्षणका क्रममा कुष्ठरोगको किटाणु भेटिएका अस्पतालका प्रवक्ता डा। किजन महर्जनले जानकारी दिए। उनका अनुसार कुष्ठरोगको पुष्टि भएसँगै मंकिपक्स भाइरस नरहेको पुष्टि भएको हो।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाएको थियो। हिजो दुबईबाट नेपाल आएका रसुवाका २६ वर्षीय पुरुषमा मंकिपक्सको जस्तै लक्षण देखिएकाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए।

ती युवककोे ढाड र हातमा ‘मंकीपक्स’ भाइरसको जस्तो देखिने राता बिबिरा प्रशस्तै रहेकोले ‘मंकीपक्स’ संक्रमणको आशंका गरिएको थियो।

सम्बन्धित समाचार