२०८३ बैशाख २४ गते , विहीबार

नेपालमा पनि भेटियो मंकिपक्स भाइरसका बिरामी

sajilo news
झापा
२०७९ असार २ गते , विहीबार
नेपालमा पनि भेटियो मंकिपक्स भाइरसका बिरामी

अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले  जानकारी दिएको छ।

भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ। अस्पताल स्रोतले भन्यो, ुबिरामीको अहिलेको लक्षण र अवस्था हेर्दा मंकिपक्सकै शंका गरेका छौँ । थप परीक्षणपछि अझै प्रष्ट हुनेछ।ु 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाएको थियो। 

ती युवककोे ढाँड र हातमा ‘मंकीपक्स’ भाइरसको जस्तो देखिने राता विविरा प्रशस्तै रहेको र ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरिएको अस्पताल स्रोतले जनाएको छ।

यो भाइरस पश्चिम र मध्ये अफ्रिकाका केही भागमा संक्रमित जंगली जनावरहरूमा पाइएको थियो। यो भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरूमा देखिएको थियो। त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो।

पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ। यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो।

सम्बन्धित समाचार