२०८३ बैशाख १९ गते , शनिबार

बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चार पक्राउ

sajilo news
झापा
२०७९ असार १ गते , बुधबार
बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चार पक्राउ

ओखलढुङ्गामा बालिका बलात्कार अभियोगमा प्रधानाध्यापकसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नारायण स्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाँल, स्थानीय ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेल छन् ।

उनीहरूमाथि सिद्धिचरण नगरपालिका ३ स्थित कक्षा ८ मा अध्ययनरत बालिकामाथि फरक समय र स्थानमा पटक(पटक बलात्कार गरेको आरोप लागेको छ । उनीहरुविरुद्ध सोमबार जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । घटना अनुसन्धान अघि बढेको र अभियुक्तहरूलाई म्याद थप प्रक्रियामा लगिएको निरीक्षक दासले बताए ।

सम्बन्धित समाचार