२०८१ श्रावण ३ गते , विहीबार

तरकारी उत्पादक कृषकले राखे बिर्तामोड नगरपालिकासमक्ष ८ बुँदे माग 

sajilo news
झापा
२०७९ असार १ गते , बुधबार
तरकारी उत्पादक कृषकले राखे बिर्तामोड नगरपालिकासमक्ष ८ बुँदे माग 

बिर्तामोड ।  बिर्तामोडका तरकारी उत्पादक कृषकहरूले नगरपालिकासमक्ष ८ बुँदे माग राखेका छन् । व्यावसायिक रुपमा तरकारी उत्पादन गर्दै आएका कृषकहरूले आफ्ना यावत समस्याका बारे नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

कृषि थोक बजारमा आफ्ना उत्पादन बिक्री गर्न पाउनुपर्ने , उत्पादित तरकारीको न्यूनतम बजार मूल्य पाउनुपर्ने , प्रत्येक वडाले कृषिसँग सम्बन्धित बजेट छुट्याउनु पर्ने , रासायनिक मलको अतिरिक्त व्यवस्था गर्नुपर्ने , सिँचाइ विद्युत् निःशुल्क हुनुपर्ने ,प्राङ्गारिक मलको उत्पादनमा जोड दिनुपर्ने , कृषि तथा पशु प्राविधिकको व्यवस्था गर्नुपर्ने लगायतका माग राखिएको बिर्तामोड ९ का तरकारी कृषक यज्ञराज श्रेष्ठले जानकारी दिए । उनले पाँच वर्षमा आफूहरूको कुनै पनि माग नगरपालिकाले पुरा नगरेको जानकारी दिए ।

संयुक्त नगरको तर्फबाट अध्यक्ष माधव सिटौला , सचिव प्रदीप खनाल , पाँच वटा वडाका तरकारी कृषक समूहका अध्यक्षलगायतले आफ्ना मागका बारेमा नगर प्रमुख पवित्रा महतारा प्रसाईँको ध्यानाकर्षण गराएका थिए । त्यसप्रति आफू गम्भीर भएको नगर प्रमुख प्रसाईँले बताएकी थिइन् ।

सम्बन्धित समाचार