योगदान दिवसको अवसरमा बिर्तामोडमा रक्तदान
बुद्धशान्ति । योगदान दिवसको अवसरमा शनिवार बिर्तामोडस्थित मुक्ति चोकमा रहेको दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले पछिल्लो समयमा झापा जिल्लामा रगतको चरम अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रदीप कुमार सङ्ग्रौलाले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ८३ जनाले रक्तदान गरेको सचिव सजूँ बुढाथोकीले जानकारी दिएकी छिन् ।
संस्थाका अध्यक्ष सङ्ग्रौलाको अध्यक्षता, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रैलाको प्रमुख आतिथ्यता त्यस्तै बिर्तामोड नगरप्रमुख पवित्रा महत्तरा प्रसाईँ, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, रेडक्रस झापा जिल्ला सभापति लोकराज ढकाल लगायतको आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष डिल्लीराम पोख्रेलले गरेका थिए ।
रक्तदान कार्यक्रम सँगै संस्थाले तेस्रो स्थापना दिवसको अवसरमा बिर्तामोड स्थित परोपकार वृद्धाश्रमका माता पितालाई फलफूल र जुस वितरण गरेको संस्थाका प्रवक्ता विजय उप्रेतीले जानकारी दिएका छन् ।