२०८३ बैशाख २४ गते , विहीबार
आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज
देशभरका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ। पूर्ण खोप लगाएको तीन महिना नाघेका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई बुस्टर डोज लगाउन लागिएको हो। यो उमेर समुहका ३४ लाख बालबालिका छन्। ती मध्ये पूर्ण खोप लगाएका बालबालिकालाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य सेवा विभाग खोप, बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।
शाखा प्रमुख सागर दाहालले नजिकैको खोप केन्द्रमा गएर आजदेखि बुस्टरकारुपमा मोडर्ना वा फाइजर खोप लगाउन सकिने बताए। उनका अनुसार पहिलाको जस्तो समय तोकेर खोप अभियान नचलाइए पनि आजदेखि बालबालिकाका लागि बुस्टर डोज खोप देशभरका खोप केन्द्रमा खुला गरिएको छ।