२०८३ बैशाख २४ गते , विहीबार

पाथीभरा दर्शनका लागि जाने तीर्थयात्रीलाई ‘पोर्टेबल’ शौचालय

sajilo news
झापा
२०७९ जेष्ठ २५ गते , बुधबार
पाथीभरा दर्शनका लागि जाने तीर्थयात्रीलाई ‘पोर्टेबल’ शौचालय

३ हजार ७ सय ९४ मिटर उचाइँमा रहेको पाथीभरा दर्शनका लागि पुगेका तीर्थयात्रीको गुनासो हुन्छ ‘शौचालय नै भएन ।’ यसैसाता मात्रै नया अभ्यास थालिएको छ ।

पाँच, छ मिटरको खाल्टा खन्ने, त्यसमाथि छपनी लगाएर पुर्ने र त्यसको माथि तयारी शौचालय उभ्याउने । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यो पोर्टेबल शौचालय हो । आवश्यकताअनुसार ठाउँ परिवर्तन गर्न सकिन्छ । पर्याप्त पानीको व्यवस्थापन हुन नसकेकोमा यहाँ यस्तो शौचालयमा शौच गर्ने ठाउँ मात्रै सफा गरे हुन्छ । धर्मशालाहरूको छानाबाट पानी संकलन गरिन्छ ।

तराई र शहरी क्षेत्रबाट आएका बालबालिका बाहिर सौच गर्न नमान्ने हुनाले यस्तो शौचालय निर्माण गरेको समितिका अध्यक्ष रक्की थेवे बताउँछन् । मन्दिर परिसर बाहिर अहिले तीन शौचालय निर्माण गरिएको छ । माथिल्लो फेदीदेखि मन्दिरसम्मको अढाई किलोमिटरमा पाँच वटा शौचालय जडानको काम भइरहेको छ ।

फाइबरबाट बनेको पोर्टेबल शौचालय एनएमबी बैंकले उपलब्ध गराएको हो । जडान खर्च पाथीभराका भक्तजन काठमाडौं बानेश्वर १० का रञ्जना पाठकले ब्यहोरेको काफ्ले बताउँछन् । निर्देशक काफ्लेका अनुसार एउटाको लागत ७५ हजार रुपैयाँसम्म पर्ने अनुमान छ । मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरेका अनुसार यसअघि पक्की तथा अस्थायी शौचालय बनाइएका थिए । पानी नहुँदा फोहोर हुने भएकाले ती शौचालय टिकाउन नसकिएको बताए । इकान्तिपुरबाट

सम्बन्धित समाचार