२०८३ बैशाख ३ गते , विहीबार

प्रदेश १ को नीति तथा कार्यक्रम : घरेलु रक्सी ब्राण्डिङ गरिने

sajilo news
झापा
२०७९ जेष्ठ २५ गते , बुधबार
प्रदेश १ को नीति तथा कार्यक्रम : घरेलु रक्सी ब्राण्डिङ गरिने

झापा । प्रदेश १ सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ। आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गर्दै प्रदेश प्रमुख परशुराम खापुङले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने बताएका हुन्।

प्रदेश १ मा नेपाली कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री वितरण गर्न कानूनी र व्यवहारिक पक्षको अध्ययन भने पूर्व सामाजिक विकास मन्त्री उषाकला राईको कार्यकालमा भएको थियो। सोही कार्यक्रमलाई राजेन्द्र राईको सरकारले समेत निरन्तरता दिँदै नीति तथा कार्यक्रममा समेटेका छन्।

रक्सी ब्राण्डिङ गर्ने विषयमा नीति तथा कार्यक्रम वाचन गर्दै प्रदेश प्रमुख खापुङले संघीय सरकारको समन्वयमा प्रदेशका नागरिकको आय आर्जन र रोजगारी सिर्जना गर्न घरेलु मदिरा ब्रान्डिङ गरिने जनाएका हुन्।

यस्तै प्रदेश सरकारले किसानलाई सोझै अनुदान दिने योजना ल्याएको छ। खापुङले उत्पादनका आधारमा किसानलाई सोझै आनुदान दिने बताएका हुन्। पशु र माछाको नस्ल सुधार अभियान सञ्चालन गर्ने नीति लिएको सरकारले आत्मनिर्भरता बढाउन तराकारी खेती र उन्नत बीउ विजनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ। थाहाखबरबाट

 

सम्बन्धित समाचार