२०८३ बैशाख १९ गते , शनिबार
झापाका माओवादी नेतामाथि आक्रमण
झापा । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य नन्दु उप्रेती आक्रमणबाट घाइते भएका छन् । शनिवार दिउँसो कुलो निर्माणका क्रममा देउनियाँ खोला जल उपभोक्ता संस्थाका अध्यक्ष समेत रहेका बिर्तामोड ७ निवासी उप्रेतीमाथि आक्रमण भएको हो । पातो र छातीमा चोट लागेका घाइतेलाई बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो ।
उपचारपछि गए राति आफू घर फर्किएको उनले बताए । सिँचाइ आयोजना निर्माण सम्पन्न गरेर कुलोमा पानी छोड्ने विषयमा आफूलाई उच्छृङ्खल समूहले आक्रमण गरेको उनले बताए । घटनामा संलग्न भएको आरोपमा जल उपभोक्ता संस्थाले प्रह्लाद सुनुवार र राजप्रसाद लिम्बूमाथि जाहेरी दिएको छ । तर , उनीहरू अहिलेसम्म पक्राउ नपरेको जनाइएको छ ।