२०८२ बैशाख १२ गते , शुक्रबार

भद्रपुरमा ६ महिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न

sajilo news
झापा
२०७९ जेष्ठ २२ गते , आईतबार
भद्रपुरमा ६ महिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न

भद्रपुर । भद्रपुरमा ६ महिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न भएको छ । भद्रपुरस्थित व्यावसायिक तथा सिप विकास तालिम केन्द्रको आर्थिक सहयोग तथा भद्रपुर नगरपालिकाको प्राविधिक सहयोगमा सो तालिम सम्पन्न भएको हो । भद्रपुर जेसीजको भवनमा आइतबार आयोजित समापन कार्यक्रममा तालिममा सहभागी ३२ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरूलाई ७३० घण्टा कम्प्युटर तालिम दिइएको थियो । 

व्यावसायिक तथा सिप विकास तालिम केन्द्र प्रमुख कृष्णा श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), भद्रपुर जेसीजका अध्यक्ष मनोज भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन तालिम केन्द्रका योजना प्रमुख गौतम पौडेलले गरेका थिए । 

सम्बन्धित समाचार