२०८३ बैशाख २४ गते , विहीबार

मानसिक सन्तुलन गुमाएकी महिलाले जन्माइन् सन्तान, जनप्रतिनिधिद्वारा उद्धार

sajilo news
मोरङ
२०७९ जेष्ठ १६ गते , सोमबार
मानसिक सन्तुलन गुमाएकी महिलाले जन्माइन् सन्तान, जनप्रतिनिधिद्वारा उद्धार

मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ५ को भौसाबारीमा मानसिक सन्तुलन गुमाएकी महिलाले पिपलको फेदमा शिशुको जन्म दिएकी छिन् ।

गत शनिबार दिउँसो ३ बजे स्थानीय र स्वास्थ्यकर्मीको सहयोगमा छोरीको जन्म दिएकी हुन् । उनलाई कानेपोखरी गाउँपालिकाकी नवनिर्वाचित अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला अधिकारी सहितको टोलीले उद्धार गरी मानव सेवा आश्रम विराटनगरमा एम्बुलेन्स मार्फत पुर्याएका छन् । उनी सोहि पिपलको रुखमुनि तीन दिन अघिदेखि बस्दै आएकी थिइन् ।

भौसाबारी चोकका स्थानीयहरुले महिलालाई विरामी भएको थाँहा पाएपछि गाउँपालिका, स्वास्थ्यकर्मी र प्रहरीलाई खबर गरेका थिए । सफलरुपमा बच्चा जन्म भएपछि बच्चाको लागि गाउँपालिका उपाध्यक्ष भोला अधिकारीबाट ४ हजार, गाउँपालिकाबाट लगाउने लुगा र रकम, स्थानीयबाट सहयोग जुटेको थियो ।

प्रष्टसित वोली नबुझिने ति घुमन्ते महिला तीन महिना अघि देखि भौसाबारी चोक आसपासमा खाने-बस्ने गर्दै आएको स्थानीयहरु बताएका छन् । यस अघि ती महिला पसल, घरमा गएर र व्यक्तिहरुलाई मागेर खार्दै हिड्ने गरेका थिए ।

हाल सम्ममा मानव सेवा आश्रम विराटनगरमा १० जना सडक मानवहरुलाई उद्दार गरी सुरक्षित बासको लागि गाउँपालिकाले पठाएको जनाएको छ ।

सम्बन्धित समाचार