२०८३ बैशाख २३ गते , बुधबार
पेस्तोल र लागू औषधसहित तीन जना पक्राउ
सुनसरीको इटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागू औषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पेस्तोलसहितका व्यक्तिहरूले लागू औषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा इटहरी उप–महानगरपालिका–४ का १९ वर्षीय धनबहादुर राई, २७ वर्षीय टिका राई र इटहरी–५ का २८ वर्षीय धनबहादुर राई रहेका छन् । उनीहरूको साथबाट प्रहरीले लेबल नलागेको लागु औषध २४ एम्पुल र मीड इन युएसए लेखिएको पेस्तोल एक थान तथा सोही पेस्तोलको म्यागेजिन एक थान बरामद गरेको छ । लागू औषध तथा पेस्तोलसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।