२०८३ बैशाख २३ गते , बुधबार

हत्या आरोपमा तीन जना पक्राउ

sajilo news
मोरङ
२०७९ जेष्ठ १५ गते , आईतबार
हत्या आरोपमा तीन जना पक्राउ

मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको हत्याको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका १ का ३३ वर्षीय रविन भुजेल, कटहरी गाउँपालिका १ कै २९ वर्षीय कपिल माझी र कटहरी गाउँपालिका ३ का २८ वर्षीय नितेश चौधरी रहेका छन् ।

आज बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका –१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा तुलसी श्रेष्ठ मृत अवस्थामा रहेको जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय हाट खोला र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएको थियो ।

घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशङ्का गरी डग स्नाफिङ समेत गरिएको थियो । घटनालाई सूक्ष्म रूपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आजै बिहान १० बजे पक्राउ गर्न सफल भएको हो ।

आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुङ्गा लगायतका औजारहरूले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार