२०८३ बैशाख २१ गते , सोमबार

दमकबाट मोटरसाइकल चोरी गरेकोमा आरोपमा दुई जना पक्राउ

sajilo news
झापा
२०७९ जेष्ठ १५ गते , आईतबार
दमकबाट मोटरसाइकल चोरी गरेकोमा आरोपमा दुई जना पक्राउ

दमकमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरेकोमा आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर तुम्बेवा गाउँपालिका- ५ बस्ने २२ वर्षीय चन्द्र कुमार योङ्या र सोही ठाउँका २० वर्षीय सुरेन्द्र भन्ने जीवन कुरुम्बाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार दमक नगरपालिका- ६  स्थित नेपालीरिकामा पार्किङ गरी राखिएको दमक ४ निवासी  सुमन खड्काको नाममा दर्ता कायम रहेको मे ११ प ५५१२ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चोरी भएको थियो । सवारीधनि खडकाले तत्काल मोटरसाइकल चोरी भएको भनी इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए ।

प्रहरीमा जानकारी आउन साथ चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको डिएसपी पाठकले बताए । उनीहरूसँग दमक ६ गायत्री बोर्डिङ स्कुल अगाडी पार्किङ गरी राखिएको दमक- ५ बस्ने सबिन राईको नाम रहेको प्र-१-०१-१५प ८६९० नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल पनि फेला परेको छ । सो मोटरसाइकल पाँचथरमा फेला परेको थियो । 

सम्बन्धित समाचार