२०८३ बैशाख २१ गते , सोमबार

बिर्तामोडको होटेलमा १४ वर्षीया बालिका बलात्कृत, आरोपी युवक पक्राउ

sajilo news
झापा
२०७९ जेष्ठ १५ गते , आईतबार
बिर्तामोडको होटेलमा १४ वर्षीया बालिका बलात्कृत, आरोपी युवक पक्राउ

बिर्तामोडको बसपार्कस्थित एक होटेलमा १४ वर्षकी बालिकालाई ललाइफकाइ जवर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको याङवरक ३ ओयाम बस्ने २१ वर्षीय धनबहादुर गुरुङ रहेका छन् ।
शुक्रबार राति अन्दाजी राति ९ बजेको समयमा गुरुङले १४ वर्षीया ती बालिकालाई ललाइफकाइ अर्जुनधारा –११ बसपार्कस्थित भ्याली होटेलमा लगेर जवर्जस्ती करणी गरेका थिए ।

सो घटनाको जानकारी प्राप्त हुनासाथ शनिवार बिर्तामोड प्रहरीले गुरुङलाई पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिई ईप्रका बिर्तामोडमा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए । उनले जवर्जस्ती करणी गरेको भनी पीडितका आफन्तले शनिवार साँझ ईप्रका बिर्तामोडमा जाहेरी दिएको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार