२०८१ बैशाख ७ गते , शुक्रबार

धरान- २० को मतगणनामा विवाद, विजयी घोषणा गर्न काँग्रेसको माग

sajilo news
सुनसरी
२०७९ जेष्ठ ७ गते , शनिबार
धरान- २० को मतगणनामा विवाद, विजयी घोषणा गर्न काँग्रेसको माग

धरान उपमहानगरपालिकामा मतगणना जारी रहँदा १५ वटा वडाको परिणाम आइसकेको छ। तीमध्ये १४ वडाको मात्रै घोषणा भएको छ। वडा नम्बर २० को मतगणना सकिँदा चार मतले कांग्रेसले जिते पनि निर्वाचन अधिकृतको कार्यालयले परिणाम घोषणा गरेको छैन। 

मतगणनाका क्रममा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो। १८ मध्ये ११ वटा आफ्नो रहेको दाबी  गर्दै माओवादीले पुनः मतगणनाको माग राखेको छ । उसको यो मागप्रति नेकपा एमाले र जनता समाजवादी पार्टीले पनि ऐक्यबद्धता  जनाएका छन् । तीन दलले शुक्रबार संयुक्त विज्ञिप्त जारी गरी  पुनः मतगणनाको माग गरेका छन्। माओवादीले वडा नम्बर २० को मतगणना सम्पन्न भएका दिन बुधबार नै पुनः मतगणनाको माग राख्दै नाराबाजी गरेको थियो। 

तीन दलले पुनः मतगणनाका लागि अपिल गरिरहँदा कांग्रेसले भने औपचारिक रूपमा नतिजा घोषणाको माग गरेको छ। कांग्रेसले शुक्रबार विज्ञप्ती नै जारी गरेर मतपरिणाम घोषणाका लागि १२ घण्टे अल्टिमेटम दिएको छ।

कांग्रेसले शुक्रबार साँझ धरानका निर्वाचन अधिकृतलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै मतगणना सकिएकाले विजयी घोषणा गर्न १२ घण्टे अल्टिमेटम दिएको हो । थाहाखबरबाट

सम्बन्धित समाचार