२०७९ जेष्ठ ७ गते , शनिबार

भद्रपुर- १ मा एमालेको प्यानल नै निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ बैशाख ३१ गते , शनिबार
भद्रपुर- १ मा एमालेको प्यानल नै निर्वाचित

झापा । भद्रपुरमा नेकपा (एमाले)ले विजयी सुरुवात गरेको छ । भद्रपुर वडा नम्बर १ मा एमालेको वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएको छ । वडा अध्यक्षमा एमालेका राम अधिकारी निर्वाचित भएका हुन् ।

उनले ९३७ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याएका छन् । सिवाकोटी माओवादीबाट उम्मेदवार बनेका थिए ।  वडा सदस्यहरूमा एमालेका टीका भण्डारी, दिलबहादुर लिम्बु, सीता गुरुङ र अम्बिका विश्वकर्मा निर्वाचित भएका छन् । 

 

सम्बन्धित समाचार