२०७९ जेष्ठ ८ गते , आईतबार

झापामा काँग्रेसको विजयी सुरुवात, बाह्रदशी- १ मा वडा अध्यक्षसहित सबै सदस्य जिते

sajilo news
पार्थ मण्डल
२०७९ बैशाख ३१ गते , शनिबार
झापामा काँग्रेसको विजयी सुरुवात, बाह्रदशी- १ मा वडा अध्यक्षसहित सबै सदस्य जिते

झापा । नेपाली काँग्रेसले झापामा बाह्रदशी गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ । बाह्रदशी वडा नम्बर १ मा काँग्रेसले वडा अध्यक्षसहित सबै सदस्य जितेका छन् । काँग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्ष टेक बहादुरसिंह राजवंशी १६ मत अन्तरले विजयी भएका हुन् । 
राजवंशीले ५७९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका शम्भु सिंह राजवंशीले ५६३, राप्रपाका तेज बहादुर राईले ५३९ र माओवादी केन्द्रका भूमिराज थापाले ५३७ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा काँग्रेसकै विजयप्रसाद अधिकारी, सम्पातलाल गिरी, निर्मला राई र गायत्री ऋषिदेव विजयी भएका छन् । बाह्रदशीमा अध्यक्ष र उपाध्यक्ष पदमा काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरे पनि वडाहरूमा सबै राजनीतिक दलका उम्मेदवारहरू एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन् । 
 

सम्बन्धित समाचार