२०७९ जेष्ठ ८ गते , आईतबार
कचनकवल गाउँपालिकाको अध्यक्षमा गठबन्धन अगाडी, उपाध्यक्षमा राप्रपा

झापा । झापाको कचनकवल गाउँपालिकामा १२२८ मत गणना हुँदा अध्यक्षमा पदमा एमाले काँग्रेस गठबन्धनले अग्रता लिएको छ। गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार कालेन्द्र प्रसाद सिंह राजवंशीले ६२० मत ल्याएका छन्। राजवंशी काँग्रेसका उम्मेदवार हुन । त्यस्तै राप्रपाका अन्जरा आलमले २३५ तथा माओवादीका बुद्धि प्रसाद नेपालले २७ मत ल्याएका छन्।
यसअघि गठबन्धनका उपाध्यक्ष नवराज भट्टराईले अग्रता लिएका थिए । भट्टराई एमालेका उम्मेदवार हुन् । राप्रपाले उपाध्यक्षमा मत अन्तर बढाउँदै हाल अग्रता लिएको अवस्था छ । राप्रपाकी निमसरि राजवंशीले ३१४ मत ल्याई अग्रता लिएकी छिन् । भट्टराईले २७६ र माओवादीका भागीरथा अधिकारीले ११५ मत ल्याएका छन्।