२०७९ जेष्ठ ८ गते , आईतबार

भद्रपुर नगरपालिकाको प्रमुख पदमा गठबन्धन अगाडी, वडा अध्यक्षमा एमाले

sajilo news
पार्थ मण्डल
२०७९ बैशाख ३१ गते , शनिबार
भद्रपुर नगरपालिकाको प्रमुख पदमा गठबन्धन अगाडी, वडा अध्यक्षमा एमाले

भद्रपुर । भद्रपुर नगरपालिकामा ६०० मत गणना हुँदा काँग्रेस, माओवादी तथा एकीकृत समाजवादी गठबन्धनले सुरुवाती अग्रता बनाएको छ। मेयर पदमा गठबन्धनका गणेश पोखरेल २३९ मत ल्याउँदै सबैभन्दा अगाडि छन्। 

त्यस्तै मेयरमा एमालेका असारु राजव‌ंशीको १५३ तथा राप्रपाका नवराज पनेरुको १२२ मत रहेको छ। उपमेयर पदमा पनि गठबन्धनका शिवकुमार राजभण्डारी  २३१ मत ल्याउँदै अग्रता बनाएका छन्। एमालेका कौशिल्या अधिकारीको १६४ तथा राप्रपाका राधा कार्कीको ११२ मत रहेको छ। अहिले १ नम्बर वडाको मतगणना भइरहेको छ ।

वडा अध्यक्षमा एमालेका रामप्रसाद अधिकारी २२६ मत ल्याउँदै अग्रता बनाएका छन् । गठबन्धनका मेदनी प्रसाद सिवाकोटी १४३ र राप्रपाका दल बहादुर लिम्बूको ११२ मत रहेको छ । 

सम्बन्धित समाचार