२०७९ जेष्ठ ७ गते , शनिबार

दमकमा एमालेका उम्मेदवार अगाडी

sajilo news
झापा
२०७९ बैशाख ३१ गते , शनिबार
दमकमा एमालेका उम्मेदवार अगाडी

दमक नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवारले अग्रता बनाएका छन् । यहाँ एमालेविरुद्ध गठबन्धनसँग राप्रपा पनि मिलेको छ । दमक नगरपालिका एमाले अध्यक्ष केपी ओलीको गृह नगर हो । वडा नम्बर–१ बाट मतगणना जारी छ । २०० मतगणना गरिँदा प्रमुख पदमा एमाले उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले ९६ मत प्राप्त गरेकी छन् । यस्तै, गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार राम थापाले ७९ मत पाएका छन् । उपप्रमुखतर्फ गठबन्धनबाट काँग्रेस उम्मेदवार रेगीना गौतमले ९० मत प्राप्त गर्दा एमालेका अम्बिकाप्रसाद खनालले ७८ मत ल्याएका छन्

सम्बन्धित समाचार