२०७९ जेष्ठ ८ गते , आईतबार

झापामा उत्साहका साथ मतदान सम्पन्न, ६५ देखि ६७ प्रतिशत मत खसेको अनुमान

sajilo news
पार्थ मण्डल
२०७९ बैशाख ३० गते , शुक्रबार
झापामा उत्साहका साथ मतदान सम्पन्न, ६५ देखि ६७ प्रतिशत मत खसेको अनुमान

झापा । झापामा उत्साहसँगै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । अहिले जिल्लाका १५ वटै पालिकामा मतपेटिका संकलनको काम धमाधम भइरहेको छ । मत खसेको हालसम्म यकिन तथ्याङ्क नआए पनि ४ लाख २० हजार बढीले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । लगभग ६५ देखि ६७ प्रतिशत मतदान भएको उनको भनाई छ । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदाता रहेको छ ।

जिल्लाको २८६ मतदान स्थलको ७५५ मतदान केन्द्रमै मतदान भएको हो । मतदान सकिएसँगै १५ वटै पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थल निर्माण अवस्था छ । मतपेटिका संकलनको काम सकिएपछि मात्र मतगणनाको प्रक्रिया अघि बढ्ने जनाइएको छ । मतगणना स्थलहरूमा तार जालीसँगै सिसी क्यामेरा जडान गरिएको छ । जिल्लाको ६५८ विभिन्न पदका लागि २७८५ जनाले उम्मेदवारी दिएका छन् ।   

सम्बन्धित समाचार