२०८१ श्रावण २ गते , बुधबार

आदर्श स्कुलको 'आदर्श चिन्तन' कार्यक्रम सम्पन्न

sajilo news
झापा
२०७८ चैत्र १९ गते , शनिबार
आदर्श स्कुलको 'आदर्श चिन्तन' कार्यक्रम सम्पन्न

बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टले प्रत्येक दुई महिनामा हुने “आदर्श चिन्तन ” कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थी तथा समुदाय माझ देशमै ख्याति प्राप्त व्यक्तित्वलाई समावेश गरिने यस कार्यक्रममा यो पटक अल्ट्र धाविका मिरा राई र कलेजका भूतपूर्व विद्यार्थी तथा नेपाल आइडल सिजन ४ का फस्ट रनर अप नामङ्ले तामाङलाई सम्मान गरेका छन् ।

निधि क्याम्पसमा प्रमुख रञ्जित शाहको अध्यक्षतामा आदर्श ब्याङ्केट बिर्तामोडको सभा हलमा भएको कार्यक्रममा अल्ट्र धाविक मिरा राईले आफ्नो जीवनी, उत्प्रेरणा कक्षा र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरी पाएका विभिन्न विश्व कीर्तिमानका बारेमा चर्चा केन्द्रित रहेको कार्यक्रममा विद्यार्थीहरूले उनले गरेको योगदानलाई उत्प्रेरणाको रुपमा विभिन्न कविता वाचन गरेका थिए ।

शिक्षक मनोज बस्नेतले सञ्चालन गरेको कार्यक्रममा शुभकामना तथा औचित्य बारे कलेज की छात्रा खुश्बु सिटौला र कलेजका तालिम संयोजक दीपक दास प्रकाश पारेका थिए । मिरा राई अभियानलाई सहयोगार्थ ५ हजार च्यारेटी मार्फत स्याड्विच पोइन्टले प्रदान गरेको कार्यक्रमलाई आदर्श ब्याङ्केट, निधी कलेज, ट्रेक ८५८६, सुरुवाती कोठा नेपाल लगायतले संयोजन गरेको थियो ।

सम्बन्धित समाचार