२०८३ बैशाख २४ गते , विहीबार

इनर व्हील क्लब भद्रपुरद्वारा सुकुम्वासी बस्तीका महिलालाई स्यानिटरी प्याड वितरण

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २८ गते , शनिबार
इनर व्हील क्लब भद्रपुरद्वारा सुकुम्वासी बस्तीका महिलालाई स्यानिटरी प्याड वितरण

भद्रपुर । सामाजिक संस्था इनर व्हील क्लब अफ भद्रपुरले महिनावारी सचेतना तथा स्यानिटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले शनिवार बिहान एक संक्षिप्त कार्यक्रमको आयोजना गरी भद्रपुर नगरपालिका–१० कलवलगुरीस्थित प्रदेश प्रशिक्षण केन्द्र नजिकैको सुकुम्वासी बस्तीका महिला तथा युवतीहरुलाई महिनावारी सचेतनासँगै स्यानिटरी प्याड वितरण गरेको हो ।

क्लबका अध्यक्ष कुसुम अधिकारी (पराजुली)को नेतृत्वमा पुगेका पदाधिकारीसहितको टोलीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सुकुम्वासी बस्तीका महिला तथा युवतीहरूलाई दुई प्याकेटको दरले स्यानिटरी प्याड वितरण गरेको क्लबकी कार्यकारी सदस्य लिना राई (श्रेष्ठ)ले जानकारी दिइन् ।

सो सुकुम्वासी बस्तीमा ५० घरपरिवार बसोबास गर्दै आइरहेको छ । त्यहाँका महिला तथा युवतीहरूलाई महिनावारीबाट जोगिने उपायसँगै स्वास्थ्य सम्बन्धी जानकारी क्लबकी कार्यकारी सदस्य तथा नर्स प्रमीला ढकाल (परी)ले दिइन् । क्लबले यसअघि भद्रपुर– ९ स्थित सुकुम्वासी बस्तीका विपन्न परिवारलाई न्यानो लुगा र जुत्ता वितरण समेत वितरण गरिसकेको जनाइएको छ । 

सम्बन्धित समाचार