२०८३ बैशाख २४ गते , विहीबार

देशभर आज थपिए १९४ कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २४ गते , मंगलबार
देशभर आज थपिए १९४ कोरोना संक्रमित

झापा । केही दिनसम्म २ अंकमा झरेको दैनिक कोरोना संक्रमित फेरि ३ अंकमा पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा १ सय ९४ जना संक्रमित भेटिएका छन्। ६ हजार ३ सय ९४ जनामा गरिएको परीक्षणमा १ सय ९४ जना संक्रमित भेटिएका हुन्। 

आज १ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय ४८ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ५ हजार ८ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्।

हिजो ८८ जना संक्रमित भेटिएका थिए भने १ जना संक्रमितको मृत्यु भएको थियो। यस्तै आज २ लाख ३ हजार ६ सय २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

सम्बन्धित समाचार