२०८३ बैशाख २४ गते , विहीबार

पछिल्लो २४ घण्टामा थपिए ६८ जना कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २२ गते , आईतबार
पछिल्लो २४ घण्टामा थपिए ६८ जना कोरोना संक्रमित

झापा । देशभर आज १०० भन्दा कम कोरोना संक्रमित फेला परेका छन्।  आइतबार थप ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले जानकारी दिइन्। मिश्राका अनुसार ४ हजार ९ सय २९ जनाको कोरोना परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो।

मिश्राले २ हजार ६६२ जनाको पिसिआर र १ हजार ४९४ जनाको एन्टिजेन परीक्षण गरिएको बताइन्।  पछिल्लो २४ घन्टामा मुलुकभर ५३८ जना संक्रमणमुक्त भएका हुन्।  यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ। योसँगै हाल देशभर ६ हजार ४६१ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित समाचार