युक्रेनको टेलिभिजन टावरमा रुसी आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । रुसी फौजले युक्रेनको राजधनाी किभको एक टेलिभिजन टावरमाथि हमला गर्दा गर्दा कम्तीमा पाँचजनाको ज्यान गएको युक्रेनको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ।
रुसले युक्रेनमा अब लक्षित हमला गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको हो। त्यस्तै रुसी क्षेप्यास्त्र प्रहारमा पाँच जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ। आक्रमणबाट टेलिभिजन टावरनजिकै रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ।
हमलापछि सामाजिक सञ्जाल ट्विटरमार्फत् प्रतिक्रिया जनाउँदै युक्रेनी विदेश मन्त्रालयले रुसी अपराधीहरू आफ्नो बर्बरता देखाउन कतै पनि नरोकिने गरेको छ।
यसअघि युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसले सञ्चार सेवामा अवरोध उत्पन्न गराउने र युद्धमा युक्रेनको तर्फबाट आत्मसमर्पण गरिएको भन्ने मिथ्या खबर फैलाउने योजना बनाइरहेको बताएका थिए।
रुसी अतिक्रमणविरुद्ध उभिएपछि देशभित्र एक नायकका रूपमा उदाएका राष्ट्रपति जेलेन्स्कीले लडाइँ रोकिए मात्रै युद्धविराम सम्बन्धी वार्ता गम्भीर हुनसक्ने बताएका छन्। एजेन्सी