२०८३ बैशाख २४ गते , विहीबार

३५० कोरोना संक्रमित थपिँदा १२७२ जना संक्रमणमुक्त

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ७ गते , शनिबार
३५० कोरोना संक्रमित थपिँदा १२७२ जना संक्रमणमुक्त

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ३५० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ पुगेको छ। मन्त्रालयका अनुसार यही अवधिमा थप १ हजार २७२ जना निको भएका छन्। नेपालमा कूल सङ्क्रमित मध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन्।

निको हुने दर ९७.४ प्रतिशत छ। पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान गुमाएका छन्। नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन्।

सम्बन्धित समाचार