२०८३ बैशाख २४ गते , विहीबार

देशभर थपिए ५७० कोरोना संक्रमित, ६ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ५ गते , विहीबार
देशभर थपिए ५७० कोरोना संक्रमित, ६ जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभरि ५ सय ७० जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ७ सय ८९ जनामा गरिएको परीक्षणपछि ५ सय ७० जना संक्रमित थपिएका हुन्। 

आज ६ जना संक्रमितले ज्यान गुमाएका छन भने १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि १६ हजार ६ सय १६ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित समाचार