२०८३ बैशाख २४ गते , विहीबार
सुनसरीमा पनि बर्डफ्लु भेटियो, ८ सय बढी कुखुरा नष्ट
सुनसरी । सुनसरीको दुहबीमा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु रोग पुष्टि भएपछि दुहबी- ३ स्थित सुरेश तिवारीले सञ्चालन गरेको सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको छ ।
बर्डफ्लु नियन्त्रण समितिको बैठकले पक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । सोही निर्णय अनुसार उक्त फर्ममा रहेको ८ सय बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरि अधिकारीले जानकारी दिए ।
उनका अनुसार फर्ममा रहेका ८२० वटा बोइलर कुखुरा र १५ वटा लोकल कुखुरा मारेर नष्ट गरिएको छ । यस्तै, एक क्रेट अण्डा, ७ बोरा कुखुरालाई खुवाउने दाना पनि नष्ट गरिएको उनले बताए ।उनका अनुसार सो क्षेत्र सिल गर्ने तयारी गरिएको छ ।