२०८१ माघ २५ गते , शुक्रबार

नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ४ गते , बुधबार
नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि

काठमाडौं । सरकारले २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। वैशाखभरि परीक्षा गराउने र भर्ना गरी जेठ १ गतेदेखि पठनपाठन थाल्ने मन्त्रालयले निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

उनका अनुसार चैतसम्म बाँकी रहेको कोर्स पढाउने र परीक्षा वैशाखमा लिई वैशाख महिनामै नतिजा प्रकाशन गर्नुपर्ने छ। ‘नतिजा प्रकाशनसँगै नयाँ भर्ना भने वैशाखमै गर्नुपर्ने छ,पठनपाठन भने जेठ १ गतेबाट सुरु भई चैत मसान्तसम्म कायम गरिएको छ’, उनले भने।

सरकारले यसअघि वैशाखबाट नयाँ शैक्षिक सत्र थाल्ने योजना बनाएको थियो तर सरोकारवालाहरूले कोभिड(१९ का कारण समयमा कोर्स नसकिने भएकाले जेठबाट नयाँ शैक्षिक सत्र थाल्न सरकारलाई सुझाव दिँदै आएका थिए। 

सम्बन्धित समाचार