२०८३ बैशाख २४ गते , विहीबार

१३६९ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ २७ गते , विहीबार
१३६९ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

झापा । देशभर गत २४ घण्टामा १३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  ८ हजार ८ सय ८० जनाको पिसिआर परीक्षण गर्दा १ हजार १३ र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो। 

यो अवधिमा २ हजार २ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ जना संक्रमितले ज्यान गुमाएका छन्। 

सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको मन्त्रालयको तथ्यांक छ। गत २४ घण्टामा २ लाख २० हजार ६ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

सम्बन्धित समाचार