२०८३ बैशाख २४ गते , विहीबार

कोरोना अपडेट : थपिए २५२६ जनामा संक्रमित, १६ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ २१ गते , शुक्रबार
कोरोना अपडेट : थपिए २५२६ जनामा संक्रमित, १६ जनाको मृत्यु

झापा । नेपालमा गत २४ घण्टामा २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ५५ जनाको पिसिआर र ४ हजार ४ सय १८ जनाको एन्जेन्ट गरी ११ हजार ७३ जनाको परीक्षण गएिको थियो। 

संक्रमणदर घटे पनि मृत्यु दर घट्न सकेको छैन । गत २४ घण्टामा कोरोनाले १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। यो अवधिमा ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन्।  सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचार